Chauthoanga - Nepali News Media
प्रदेश १ मा बस्नेतलाई चिट्ठा, बराबरी मत आएपछि गोलाप्रथाबाट राष्ट्रियसभामा निर्वाचित

काठमाडौं । प्रदेश १ मा सत्तारुढ गठबन्धनका उम्मेदवार गोपाल बस्नेतलाई चिट्ठा परेको छ । बुधबार भएको रिक्त राष्ट्रियसभा सदस्यको निर्वाचनमा एमालेका उम्मेदवारसँग उनको बराबरी मत आएको थियो । 

एमालेका गुरुबराल र उनी दुवैको ५४ हजार ४ सय ८८ मतभार प्राप्त भयो । निर्वाचित गर्नका लागि गरिएको गोलाप्रथामा बस्नेतलाई नै बाजी पर्यो ।

बस्नेत कांग्रेसका उम्मेदवार हुन् । उनी गठबन्धनबाट खुलामा उठेका थिए । बराबर मत आएपछि निर्वाचन अधिकृतले गोलाप्रथाबाट विजयी टुंग्याउने निर्णय गरेका थिए ।
 

प्रकाशित मिति: बुधबार, माघ १२, २०७८  १८:४०
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको