Chauthoanga - Nepali News Media
जिल्ला प्रशासन कार्यालय दाङद्वारा मदिरा विक्री वितरणमा रोक

दाङः जिल्ला प्रशासन कार्यालय दाङले मंगलबार राती १२ बजेदेखि लागू हुने गरी मदिरा विक्री वितरणमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय दाङकी सहायक सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुलले आज एक सूचना जारी गर्दै आज राति १२ बजेदेखि मदिरा विक्री वितरण गर्न नपाइने बताउनुभयो ।

मतदान कार्य सम्पन्न नभएसम्म जिल्लाभर मादक पदार्थ विक्री वितरण र सेवन गर्न निषेध गरिएको जारी सूचनामा उल्लेख रहेको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि मदिरा विक्री वितरणमा रोक लगाइएको जनाइएको छ ।

 

प्रकाशित मिति: मंगलबार, वैशाख २७, २०७९  १४:३५
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको