Chauthoanga - Nepali News Media
एसीसी प्रिमियर कप  क्रिकेटको सेमिफाइनलमा आज नेपालले कुवेतसँग र यूएईले ओमानसँग खेल्दै

काठमाण्डाैः एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा पुग्न नेपालले आज कुवेतसँग खेल्दैछ । खेल कीर्तिपुर मैदानमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।

अस्ति भएको खेलमा नेपालले कतारलाई हराएर समूह ‘ए’ को विजेता बन्दा हङकङलाई हराउँदै कुवेत समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो।

नेपालले पहिलो खेलमा मलेसियालाई ६ विकेट, दोस्रो खेलमा ओमानलाई ८४ रनले हराएको थियो भने तेस्रो खेलमा वर्षाका कारण साउदी अरेबियासँग अङ्क बाँडेको थियो ।

यस्तै, अर्को सेमिफाइनलमा समूह ‘बी’ को विजेता यूएईले समूह ‘ए’ को उपविजेता ओमानसँग खेल्दैछ । यो खेल मूलपानी मैदानमा बिहान ९ बजे नै सुरु हुनेछ ।

आज जित्ने टोलीले उपाधिका लागि सोमवार कीर्तिपुर मैदानमा खेल्नेछन् । प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् । 

प्रकाशित मिति: शनिबार, वैशाख १६, २०८०  ०७:२६
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको