Chauthoanga - Nepali News Media
बंगलाचुलीमा सुनौलो हजार दिने आमाहरुको पोषण सुधारका लागि कुखुरा वितरण

कमिरेचौर - दाङको बंगलाचुली गाउँपालिकाले सुनौलो हजार दिने आमाहरुको पोषण सुधारका लागि कुखुरा वितरण गरेको छ । आमाहरुलाई ८ हप्ते स्थानिय जातको कुखुरा वितरण गरेको छ । गाउँपालिकाको पंक्षीप्रवर्धन कार्यक्रम अन्तर्गत बंगलाचुली गाउँपालिकाको ८ वटै वडाका आमाहरुलाई कुखुरा वितरण गरिएको हो ।

प्रत्येक वडाबाट २२/२२ जना गरी जम्मा १ सय ७६ जना आमाहरुलाई कुखुरा वितरण गरीएको बंगलाचुली गाउँपालिका पशु स्वास्थ्य प्राविक माधव भट्टराईले जानकारी दिनुभयो । पालिकाले एकजना आमालाई चार वटा पोथी र दुईवटा भाले गरी ६ वटाका दरले जम्मा एक हजार ५६ वटा कुखुरा वितरण गरेको हो ।

सुनौलो हजार दिने आमाहरुको स्वास्थ्य र बच्चाहरुलाई प्रयाप्त मात्रामा पोषण सुधार गरी आमा र बच्चाको सुरक्षीत तथा स्वस्थ्यका लागि कुखुरा वितरण गरिएको पशु स्वास्थ्य प्राविक माधव भट्टराईले जानकारी दिनुभयो ।

प्रकाशित मिति: शनिबार, वैशाख १६, २०८०  १६:३५
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको