Chauthoanga - Nepali News Media
तेस्रो बंगलाचुली कप  खेलकुद प्रतियोगितामा सम्पन्न 

कमिरेचौरः दाङको बंगलाचुली गाउँपालिकाको आयोजनामा सुर भएको तेस्रो बंगलाचुली कप खेलकुद प्रतियोगिताको शनिबार एक कार्यक्रमका बिच समापन भएको छ । बंगलाचुली गाउपालिका वडा नम्बर ३ का अध्यक्ष तथा कार्यवाहक गाउपालिका अध्यक्ष शोभाराज विश्वकर्माको अध्यतामा समापन कार्यक्रम सम्पन्न भएको हो । प्रतियोगिता अन्तर्गत क्रिकेट प्रतियोगिताको  उपाधिका वडा नम्बर ४ ले हात पारेको छ । उपाधिका लागि वडा नं. ३ र ४ बीच शनिबार भएको फाइनल खेलमा ४ नम्बर वडा ४६ रनले बिशाल जित निकाल्दै  लगातार तेस्रो पटक बिजेता बनेको हो ।
 टस हारेर पहिला ब्याटिङ गरेको वडा नं. ४ ले निर्धारित १५ ओभर खेल्दै ९ बिकेटको क्षतीमा ११३ रन बनाएको थियो  । वडा नम्बर ४ को तर्फबाट छितिज खडकाले २१ बलमा ४ चौकाको मद्दतले २९ रन बनाएका थिए । त्यसै मधुसूदन गिरिले २१ बलमा २ चौकाको मद्दतले २६ रन बनाएका थिए । बलिङमा हिमाल घर्तीले ३ ओभर बलिङ गर्दै २५ रन दिएर ३ बिकेट लिउन सफल भएको थियोे ।
११४ रनको लक्ष्य पछाएको  वडा नं. ३ १४.३ ओभरमा अलाउट हुदै ६७ रन मात्र बनाउन सफल भएको थियो । उसका लागि गोमल थापाले १३ र सुदर्शन बांठाले ११ रन बनाउनु बाहेक अरुले दोहोरो अंक बनाउन  सकेनन् । 
बलिङतर्फ वडा नम्बर ४ का सन्दिप घर्तीले ३ ओभरमा १६ रन खर्चिदै ३ बिकेट, राजेन्द्र गिरिले ३ ओभरमा१३ रन खर्चिदै ३ बिकेट लिन सफल भएको थियो ।
क्रीकेट प्रतियोगितामा म्यान ओफ द सिरिज वडा नं. ३ का खेलाडी सुदर्शन बाठा, बेस्ट ब्याट्सम्यान वडा नं. ३ कै खेलाडी मदन सुनार त्यसै गरि बेस्ट बलरमा वडा नं. ५ का खेलाडी मनोज वलि घोषित हुनुभएको छ।क्रीकेटको अफिसियल भुमिकामा हिमाल महरा, पुरन सोति मगर , टोपाराम अधिकारि र गुरु बिक रहनु भयको थियोे । यस्तै भलिबलतर्फ वडा नं. ५ प्रथम , दोस्रो वडा नं. ६ र तेस्रो वडा नं.८ हुन सफल भएको छ । भलिबलमा बेस्ट खेलाडी वडा नं. ५ का मनु घर्ती भएका छन् ।
यस्तै बुद्धिचाल तर्फ प्रथम प्रेम सारु मगर, दोस्रो टुकमान पुन र तेस्रो दुर्गा नेपाली हुन सफल भएको छ । क्रीकेट प्रतियोगिताको प्रथम पुरस्कार १५ हजार , दोस्रो पुरस्कार १० हजार र त्यसै गरि भलिबलमा प्रथम पुरस्कार १५ हजार , दोस्रो पुरस्कार १० हजार र तेस्रो पुरस्कार ५ हजार र बुद्दिचालमा प्रथम पुरस्कार १० हजार , दोस्रो पुरस्कार ८ हजार र तेस्रो पुरस्कार ५ हजार रहेको बंगलाचुली गाउँपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख ओम केसीले जानकारी दिनुभयो । 
कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष डासबहादुर डाँगी , वडा नम्बर ५ का अध्यक्ष लिला बहादुर घर्ती , वडा नम्बर ८ का अध्यक्ष झविन्द्र गाहामगर लगायतले बोल्नुभएको थियोे । भने कार्यक्रमको सहजीकरण शिक्षा शाखाका डेमराज पुनले गर्नुभएको थियो ।।

प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  १२:५२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको