Chauthoanga - Nepali News Media
यूएईसँगको खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने

काठमाण्डौः एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा नेपालले टस जितेको छ । यूएईसँगको खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ ।

खेल केहीबेरमा कीर्तिपुर मैदानमा सुरु हुनेछ । आजको खेल जित्ने टोलीले एसीसी प्रिमियर कपको उपाधिसहित एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।

कीर्तिपुर मैदानमा डेढ महिना अगाडि भएको विश्व कप लिग२ को अन्तिम खेलमा नेपालले यूएईलाई हराउँदै विश्व कप ग्लोबल क्वालिफायरमा छनोट भएको थियो । पछिल्लो दुई महिनाको बीचमा नेपाल र यूएई ४ पटक आमनेसामने भएका छन् । जसमा यूएईमा भएको एउटा खेल नेपालले हारेको थियो भने बाँकी ३ खेल जितेको थियो । यूएईसँगको एउटा खेल हारेयता नेपालले अरु खेल हारेको छैन ।

आजको खेलमा पानी परेमा भोलि हुनेछ । तर निरन्तर पानीले खेल हुन नसके सुपर ओभर हुनेछ । सुपर ओभर पनि बराबर भएमा अर्को सुपर ओभर हुनेछ । तर वर्षाको कारण सुपर ओभर पनि हुनसक्ने अवस्था नभएमा आईसीसीको एकदिवसीय वरीयता अनुसार माथि रहेको टोली एसिया कपमा पुग्नेछ ।

एकदिवसीय वरीयतामा नेपाल १४औँ र यूएई १९औँ स्थानमा छन् । खेल रद्द हुँदा नेपाल एसिया कपमा पुग्दै भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।

प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०  ०८:५३
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको