Chauthoanga - Nepali News Media
‘प्रमुख प्रशासकीय अधिकृतको रूपमा खटाइएका कर्मचारीले ७ दिनभित्र रमाना नलिए कारबाही’

काठमाण्डाै – सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न पालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा कामकाज गर्न खटाइएका सङ्घीय निजामती कर्मचारीहरूलाई सात दिनभित्र रमाना लिन चेतावनी दिएको छ ।

पालिकाहरूमा सरुवा, पदस्थापन, कामकाजमा खटाइएका र काज फिर्ता गरिएका निकाय वा कार्यालयमा रमाना भई जानुपर्नेमा रमाना नलिएका कारण सार्वजनिक सेवा प्रवाहमा प्रत्यक्ष असर परेको भन्दै मन्त्रालयले परिपत्र गरी चेतावनी दिएको हो ।

मन्त्रालयले सम्बन्धित कार्यालयमा यस्ता कर्मचारीहरूलाई रमाना दिई सात दिनभित्र मन्त्रालयलाई गराउन, सरावा वा काजमा खटाइएका र काज फिर्ता गरिएका कर्मचारीहरूले रमाना लिने अवधि सकिएमा साविकका निकाय वा कार्यालयबाट उनीहरूको बिदा स्वीकृत नगर्न/नगराउन, रमाना नलिने कर्मचारीलाई नियमअनुसार कारबाही गर्न लगायतका विषयमा परिपत्रमार्फत निर्देशन दिएको छ ।

विभिन्न पालिकामा प्रमुख प्रशासकीय अधिकृतको अभावमा काम रोकिएको गुनासो बढेपछि मन्त्रालयले खटाइएका कर्मचारीहरूलाई निर्देशन दिएको हो ।

प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०  १६:३३
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको