Chauthoanga - Nepali News Media
सुत्केरीकाे ज्यान गएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तनाव

दाङ – दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरीको ज्यान गएपछि तनाव सिर्जना भएकाे छ । विहीबार घोराही उपमहानगरपालिका८ सौरीकी मधु बुढाथोकी केसीको अस्पतालमा ज्यान गएपछि आफन्तले आज शुक्रवार आन्दोलन गरेका हुन् ।

मृतकका आफन्तल घटनाको छानबिन तथा क्षतिपूर्तिको माग राखेका छन् । मृतकको क्षतिपूर्तिबापत ५० लाख रुपैयाँ, शिशुको उपचार र पठनपाठनको सबै खर्च प्रतिष्ठानले बेहाेर्नुपर्ने, मृतकको शरीरको सबै अङ्गकाे परीक्षण हुनुपर्ने उनीहरूकाे माग छ ।

सामान्यरूपमा सुत्केरी भएको तर बच्चाको सालनाल ननिस्केको भन्दै उपचारमा खटिएका नर्सहरूले हात हालेर जबरजस्ती सालनाल निकाल्न खोज्दा सुत्केरीको ज्यान गएको मृतकका श्रीमान् शेरबहादुर केसीको आरोप छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०  १६:००
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको