Chauthoanga - Nepali News Media
मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी
सिंहदरबारमा शुक्रबार सुरु भएको मन्त्रिपरिषद् बैठक । तस्बिर : प्रदीपराज वन्त

काठमाडौं- मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा शुक्रबार मध्याह्न साढे १२ बजेबाट बैठक सुरु भएको हो ।

सरकारको नीति तथा कार्यक्रम अनुमोदन गर्न बैठक बसेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

सरकारले आर्थिक वर्ष २०८०–०८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत गर्दै छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज अपराह्न ४ बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  १२:४८
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको