Chauthoanga - Nepali News Media
बंगलाचुलीमा बैशाख ३० गते हुने स्थानियतह निर्वाचनको तयारी अन्तिम चरणमा

कमिरेचौर : बंगलाचुली गाउँपालिकामा बैशाख ३० गते हुने स्थानियतह निर्वाचनको तयारी करिव करिव अन्तिम चरणमा पुगेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएकोछ ।

यस गाउँपालिकामा रहेको १८ वटा मतदान बुथहरुमा मतदान अधिकृतहरु पुगीसकेको  र त्यहाँको आन्तरिक व्यवस्थापन तथा तयारीको काम भईरहेको छ ।

मुख्य निर्वाचन अधिकृत हिरण्य प्रसाद भण्डारीका अनुसार अहिले मतदान केन्द्र तथा बुथहरुमा भौतिक तयारीको काम भईरहेको छ ।  

भने सम्बन्धित वडाका मतदान केन्द्रका राजनितिक दलका प्रमुख तथा प्रतिनिधिहरु संग निर्वाचन सम्मपन्न गर्ने विषयमा सर्वदलिय छलफल भईरहेका छन् ।

साथै नयाँ थप भएका मतदाताहरुलाई मतदाता परिचय पत्र वितरणको काम भईरहेको मुख्य निर्वाचन अधिकृत हिरण्य प्रसाद भण्डारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति: बुधबार, वैशाख २८, २०७९  १४:५३
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको