Chauthoanga - Nepali News Media
लुम्बिनी प्रदेशमा भोलि बजेट अधिवेशन आह्वान , २० प्रतिशत कम बजेट ल्याउने तयारी

दाङ - नयाँ आर्थिक वर्ष नजिकिँदै गर्दा लुम्बिनी प्रदेश सरकार बजेट निर्माणको काममा तीव्रताका साथ जुटेको छ । बजेटको तयारीका लागि प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभाको दोस्रो अधिवेशन अर्थात् बजेट अधिवेशन आह्वान गर्नुभएको छ ।

प्रमुख शेरचनले संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम यही जेठ १२ गते भोलि शुक्रबार दिनका १ बजे प्रदेशसभा भवन, राप्ती उपत्यका ९देउखुरी०मा प्रदेशसभाको अधिवेशन आह्वान गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता धर्मा अर्याल बेल्वासेद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै प्रदेशसभाका सचिव दुर्लभ कुमार पुनका अनुसार संविधानको धार १८३ को उपधारा १ र धारा १६६ को उपधारा २ बमोजिम प्रदेश प्रमुखले प्रदेशसभाको बजेट अधिवेशन आह्वान गरेको लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम ३ को उपनियम १ बमोजिम सूचना जारी गरिएको बताउनुभयो ।

प्रदेश मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मङ्गलवार प्रदेशसभाको अधिवेशन आह्वान गर्नका लागि सिफारिस गर्नुभएको थियो । सोही बमोजिम प्रदेश प्रमुख कार्यालयको तर्फबाट आज विज्ञप्ति जारी सभाको दोस्रो अधिवेशन आह्वान गरिएको सचिव पुनले बताउनुभयो ।

२० प्रतिशत बजेट कटौती गर्ने तयारी

लुम्बिनी प्रदेशमा आगामी आर्थिक वर्ष २०८०र०८१ मा २० प्रतिशत कटौती गरेर बजेट ल्याउने तयारी भएको छ । चालू आवभन्दा २० प्रतिशत कम हुने गरी सिलिङ मन्त्रालयमा पठाइएको र सोहीअनुसार योजना छनोट हुने प्रदेश आर्थिक मामिला मन्त्रालयका प्रवक्ता सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो । लुम्बिनीले चालू आवमा ४२ अर्ब ६३ करोड ५७ लाखको बजेट ल्याएको थियो ।

यता नवनियुक्त आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले प्रदेश योजना आयोगले पठाएको सिलिङभित्र योजना छनोट गर्न मन्त्रालयहरूलाई निर्देशन दिइएको बताउनुभयो । आर्थिक मामिला मन्त्रालयले मन्त्रालयगत र सांसदहरूसँग छलफल गरेको छ । भोलिको बजेट अधिवेशन लगत्तै प्रिबजेट छलफल हुने र त्यसपछि नीति तथा कार्यक्रम ल्याइने मन्त्री मास्कीले जानकारी दिनुभयो ।

प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  १७:०१
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको