Chauthoanga - Nepali News Media
तुलसीपुर १७ मा बावुको निधनपछि छोराले गरे उम्मेदवारी दर्ता

दाङ: दाङको तुलसीपुर १७ को वडा अध्यक्ष उम्मेदवार स्वर्गीय लबरु चौधरीका छोरा प्रदिप चौधरीले उम्मेदवारी दर्ता गराउनुभएको छ । चौधरीले आज साढे १२ बजे मनोनयन दर्ता गरेको निर्वाचन कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

अध्यक्ष पदका उम्मेदवार लबरु चौधरीको गएको मंगलवार उपचारको क्रममा निधन भएपछि उहाँको छोरा प्रदिपलाई एमालेले उम्मेदवार बनाएको हो । भोली बेलुका ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने भएको छ ।

वडा नम्बर १७ को हकमा वैशाख ३१ गतेदेखि मौन अवधि सुरु हुने छ भने वैशाख ३१ गते मध्यरातिसम्म प्रचार प्रसार गर्न पाइने छ । त्यसपछि मौन अवधि सुरु हुनेछ । त्यस्तै जेठ ३ गते मतदानको समय तोकिएको छ । वडा नं १७ को निर्वाचन भएपछि मात्रै तुलसीपुरमा मतगणना हुने निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख २८, २०७९  १५:५८
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको