Chauthoanga - Nepali News Media
आधारभूत विद्यालय मर्पेसमा अध्ययनरत विद्यार्थिहरुलाई पुरस्कार वितरण  

कमिरेचौर - दाङको बंगलाचुली गाउँपालिका वडा नम्वर दुईमा रहेको आधारभूत विद्यालय मर्पेसमा अध्ययनरत विद्यार्थिहरुलाई आज पुरस्कार वितरण गरीएको छ । सो विद्यालयमा कार्यरत स्वर्गिय शिक्षक भाग कुमार पुनको सम्झनामा उहाँको परिवारले स्थापना गरेको अक्षकोषबाट विद्यालयका विद्यार्थिहरुलाई आज पुरस्कार वितरण गरिएको हो ।  
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं सामुदायिक बिद्यालय व्यवस्थापन समिती महासंघ नेपाल लुम्बिनी प्रदेश सदस्य बलदेव मल्लको अध्यक्षता एवं बंगलाचुली गाउँपालिका वडा नम्वर दुईका अध्यक्ष मैते पुनमगरको प्रमुख आतिथ्यमा अक्षकोष तथा वार्षिक कार्यक्रमको पुरस्कार वितरण गरिएको हो ।  

स्वर्गिय शिक्षक भाग कुमार पुनको सम्झनामा उहाँको परिवारले  स्थापना गरेको अक्षकोष बाट आउने वार्षिक ब्याजलाई दामासायी तरिकाले कक्षा १ देखि कक्षा ८ सम्मका कक्षा प्रथम स्थान हाँसिल गर्न सफल बिद्यार्थीहरुलाई सो पुरस्कार वितण गरिएको हो । स्वर्गिय भाग कुमार पुनका बुवा तेज बहादुर पुन सहित सपरिवारको उपस्थितिमा नगद रकम र प्रमाणपत्रले विद्यार्थिलाई प्रदान गरिएको हो । 
अक्षकोष स्थापना गर्ने दाताहरुलाइ बिद्यालयको तर्फबाट खादा र कदरपत्रले सम्मान गरियो गरिएको थियो । यसैगरी परिक्षामा दृतिय,र तृतीय स्थानमा आउने बिद्यार्थीहरुलाई स्कुलको तर्फबाट अन्य विभिन्न पुरस्कारहरु बितरण गरिएको छ ।त्यसैगरी सो अवसरमा विद्यालयले वर्षभरी गराएको अतिरिक्त क्रियाकलापहरुमा प्रथम,दृतिय,तृतीय र सान्त्वना हुने बिद्यार्थीहरुलाई प्रमाणपत्र सहित विभिन्न पुरस्कारले पनि वितरण गरीएको थियो ।  

उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष खेतुलाल बिक,प्र.अ. तेज बहादुर मल्ल,शिक्षक अभिभावक संघका वर्तमान अध्यक्ष रेशम थापा, पुर्ब अध्यक्ष नर बहादुर सुनार,शिक्षिका पदमा कुवर, अक्षकोष दाताको तर्फबाट स्व.भाग कुमार पुनका कान्छाबुवा कमिक पुन लगायतले आआफ्नो भनाइ राख्नुभएको थियो । शिक्षक भिम बहादुर बस्नेतको स्वागत मन्तव्यबाट सुरु भयको कार्यक्रमको संचालन शिक्षक गुरु प्रसाद बिस्टले गर्नुभयको थियो ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  २२:१५
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको