Chauthoanga - Nepali News Media
बंगलाचुलीका शिसुकक्षाका शिक्षकहरुलाई मन्टेस्वरी तालिम

कमिरेचौर  _____दाङको बंगलाचुली गाउँपालिकाले शिसुकक्षामा पढाउने ईसिडि शिक्षकहरुलाई मन्टेस्वरी तालिम दिएको छ । गाउँपालिकाले पालिकाभरीको ४१ वटा सामुदायिक विद्यालय र १० वटा गाउँपालिका अनुदानका गरी ५१ वटा वालशिक्षाका ईसीडी शिक्षकहरुलाई मन्टेस्वरी तालिम दिएको हो । 

सामुदायिक विद्यालयमा रहेका शिसुकक्षामा शिक्षाको  गुणस्तर वृद्धिका लागि तालिम दिएको गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरले बताउनुभयो । तालिम समापन कार्यक्रममा बोल्दै बंगलाचुली गाउँपालिका अध्यक्ष पुनमगरले गुणस्तरिय शिक्षाका लागि शिक्षकहरुलाई तालिम दिईएको बताउनुभयो । उहाँले ईसिडी सिक्षकनै शिक्षाको पहिलो आधार भएको बताउँदै वालविकासमा गुणस्तरिय शिक्षा दिनसके भविष्यको जग बलियो बनाउन सकिने बताउनुभयो ।

350142640_1175673843110695_239488818372275062_n1685360394.jpg

अध्यक्ष पुनले गाउँपालिकाले शिक्षामा गुणात्मक प्रतिफल प्राप्त गर्नेगरी शिक्षाको विकास गर्न चाहेको बताउँदै सोही अनुसार सहयोग गर्न शिक्षकहरुलाई समेत अनुरोध गर्नुभयो । कार्यक्रममा बोल्दै बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसीले गाउँपालिकाको हरेक विद्यालमा रहेको शिसु कक्षामा गुणस्तरिय शिक्षाको विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले अब वालविकासहरुमा शिक्षाको गुणस्तरको अनुगमन समेत गरिने बताउनुभयो ।

सो क्रममा शिक्षाको गुस्तरलाई मापनगर्ने दक्ष समूह समेत रहने बताउनु भयो । उपाध्यक्ष जिसीले हरेक कक्षामा पाठ योजनाअनुसार वालवालिकालाई पढाउन अनुरोध समेत गर्नुभयो । बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरको अध्यक्षतामा भएको कार्यक्रममा तालिमका सहभागी ईसिडी शिक्षकहरुले तालिम उपलब्धिमुलक भएको भन्दै खुसी व्यक्त गरेका छन् । 


उनिहरुले पालिकाले गुणस्तरिय शिक्षण सिकाईका लागि आफुहरुलाई गरेको लगानि अनुसारको प्रतिफल दिने प्रतिवद्धता जनाएका छन् । कार्यक्रममा तालिमको सहभागि शिक्षक मनिसा गाहामगर, सुस्मा पोख्रेल लगाएतले बोल्नुभएको थियो । तालिमको प्रशिक्षकमा डिल्लिकान्त आचार्य र सविता न्यौपाने रहनुभएको थियो । तालिम समापनसत्रको सहजिकरण गाउँपालिकाका शिक्षा शाखा प्रास डेमराज पुनमगरले गर्नुभएको थियो ।
 

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १७:२२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको