Chauthoanga - Nepali News Media
 विद्यालयहरुमा पनि अब हप्तामा दुईदिन विदा

काठमाण्डौ :   विद्यालयहरुमा पनि अब हप्तामा दुईदिन विदा हुने भएकोछ । आउने जेठ १ गतेदेखि विद्यालयहरू पनि हप्तामा दुई दिन नै बिदा हुने भएको हो  । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको आज बसेको बैठकले मन्त्रिपरिषद्को निर्णयअनुसार विद्यालय पनि हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिनुभयो ।

हप्तामा दुई दिन शनिवार र आइतवार बिदा दिए पनि विद्यालय खुल्ने र बन्द हुने समय भने यसअघि जस्तै बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म कायम गर्ने निर्णय भएको छ । यसअघि शुक्रवार आधा दिन मात्र पढाइ हुने गरेकोमा अब शुक्रवार पूरै दिन पढाइ हुनेछ ।

यस्तै विद्यालयमा हिउँदे, वर्षे, स्थानीय लगायतका बिदा कटाएर वर्षमा बढीमा ३० दिन मात्रै बिदा दिन पाइने भएको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

प्रकाशित मिति: बुधबार, वैशाख २८, २०७९  १६:१०
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको