Chauthoanga - Nepali News Media
सल्यानमा दुई मोटरसाइकल ठोक्किँदा तीन घाइते
फाईल फोटो

सल्यान - सल्यानमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा तीन जना घाइते भएका छन् । मङ्गलवार बिहान सल्यान बनगाड कुपिण्डे नगरपालिकाको बालुवासंग्रहीबाट सल्यान खलङ्गा आउँदै गरेको भे ८ प ३५६९ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट गइरहेको ग ४ प १४८० नम्बरको मोटरसाइकल बनगाड कुपिण्डे नगरपालिका ९ जैतपानीमा ठोक्किएका हुन । 

एक आपसमा मोटरसाइकल ठोकिदा बनगाड कुपिण्डे नगरपालिका ११ बालुवासंग्रहीका ३७ वर्षीय धन बहादुर खड्का, बनगाड कुपिण्डे नगरपालिका ९ शेराका २७ वर्षीय पुस्कर बुढा र सोही ठाउँका ३१ वर्षीय भीम बहादुर ऐरी घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिनुभयो । 

घाइते तीनै जनाको सल्यान जिल्ला अस्पतालमा उपचार भइरहेको र सबैको अवस्थामा सामान्य रहेको उहाँको भनाई छ । 

 

प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  १४:२६
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको