Chauthoanga - Nepali News Media
प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै

 काठमाडौँ -   हिजो विपक्षी दलहरूले अवरुद्ध गरेपछि स्थगित भएका प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दैछ ।  

आइतबार दुवै सदनको बैठक सुरु हुनेबित्तिकै एमाले लगायत प्रतिपक्षी दलहरूले विरोध गर्दं बैठक अवरुद्ध पारेका थिए । 

आज प्रतिनिधि सभा बैठक ११ बजेका लागि बोलाइएको छ । बैठक सञ्चालनका लागि आज सभामुखले दलहरूसँग छलफल गर्नुहुने छ । 

प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  ०८:३७
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको