Chauthoanga - Nepali News Media
जाल्पा सामुदायिक लगुवित्त द्वारा कर्जा लगेबापत ५ लाख ५० हजार विमा रकम हस्तानतरण

कमिरेचौरः दाङको बंगलाचुलीमा रहेको जाल्पा सामुदायिक लगुवित्त वितिय संस्था शाखा कार्यालय मुर्कुटिद्वारा सदस्यको मृत्युपछि कर्जा लगेवापतको काजक्रियाखर्च र विमा रकम हस्तानतरण गरेको छ । बंगलाचुली गाउँपालिका वडा नम्बर ४ १३ नम्बर केन्द्रका सदस्य भिमादेवि खत्रिको मृत्यु भएपछि उहाँको श्रीमान जीवराज खत्रीलाइ उक्त कर्जा लगेवापत ५ लाख ५० हजार रकम हस्तानतरण गरेको हो । जाल्पा सामुदायिक लगुवित्त वितिय संस्था शाखा कार्यालय मुर्कुटिका शाखा प्रमुख अर्निल गिरीको अध्यक्षता तथा बंगलाचुली गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष डासबहादुर डाँगिको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोना गरी उक्त रकम हस्तानतरण गरेको हो । उहाँ विगत ११ बर्षदेखि बर्षदेखि संस्थामा आवद्ध हुनुभएको थियो । कार्यक्रमको सहजिकरण माधव भण्डारीले गर्नुभएको थियो ।

प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १८:४६
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको