Chauthoanga - Nepali News Media
प्रतिनिधिसभामा बैठक: आज पनि बजेटमाथि छलफल गरिने

काठमाडौँ- प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ। बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा  ११ बजे बस्नेछ।

बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमान माथि छलफल हुनेछ। हिजोबाट बजेटमाथि छलफल सुरु भएकाे हाे।

प्रमुख प्रतिपक्षी एमालेलगायतका दलका सांसदहरूले बजेटले आर्थिक संकट निवारण गर्न नसक्ने बताएका छन् । यता सत्तापक्षले भने बजेट सही भएको र यसलाई कार्यान्वयन गर्नतिर लाग्नुपर्नेमा जोड दिएका छन्।

हिजाे बजेटमाथिको छलफलका क्रममा नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०८०/०८१ को बजेट सच्याउन सरकारसँग माग गर्नुभएको थियो । 

उहाँले सरकारले ल्याएको बजेट नेपाल र नेपालीको राष्ट्रिय आकांक्षाप्रति विमुख रहेको बताउनुभयो । 

यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले करको दर हेरफेरमा अनधिकृत व्यक्तिलाई संलग्न गराइएको विषयबारे सत्यतथ्य बाहिर ल्याउन संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्नुभएको थियो । 

प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  ०८:२६
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको