Chauthoanga - Nepali News Media
नेकपा बहुमत पार्टीका संयोजक बास्तोला दाङ प्रहरीको नियन्त्रणमा
फाईल तस्विर

दाङ : नेकपा (बहुमत) पार्टीका संयोजक धर्मेन्द्र बास्तोला सहित ३ जनालाई भालुवाङ प्रहरीले  नियन्त्रणमा लिएको छ । पोखराबाट नेपालगञ्जका लागि छुटेको ना ५ ख ३३७८ नम्बरको बसमा आएका सुर्खेत पञ्चकुढी नगरपालिका ९ घर भएका ६० बर्षिय बास्तोला सहित अछाम रामारोशन गाउँपालिका ६ घर भएका २७ बर्षिय राजेन्द्र साउद र काभ्रे जिल्ला महाभारत गाउँपालिका ३० घर भएका असल मुक्तानलाई ईलाका प्रहरी कार्यालय भालुबाङले  नियन्त्रणमा लिएको हो ।

तीनै जनालाई इलाका प्रहरी कार्यालय भालुबाङमा राखिएको दाङका प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो । उहाँहरुलाई सोधपुछका लागि रोकेको र अहिले सोधपुछको काम भईरहेको प्रबक्ता रिजाले जानकारी दिनुभयो । उहाँहरुलाई तत्कालै छोड्ने या चुनाब पछि छोड्ने भन्ने बिषयमा उच्च तहबाट आउने आदेशलाई पर्खेको उहाँको भनाई छ ।

स्थानीय तह निर्वाचन बहिस्तार गर्ने र एमसीसीको भण्डाफोर गर्ने नीति लिएका बास्तोला समूहलाई प्रहरीले आज बिहिबार ५ बजे भालुबाङमा रोकेको हो । हिजो बुधबार बुटवलमा बम बिस्फोट भएको घटनाका बारेमा समेत सोधपुछका लागि बास्तोलालाई रोकिएको प्रहरीको भनाई छ ।

बास्तोला नेपालगञ्जको एक कार्यक्रममा सहभागि हुन पोखराबाट हिडेको प्रहरी स्रोतको भनाई छ । चुनावको उपयोग गर्ने या बहिस्कार गर्ने भन्ने बिषयमा चर्को बिबाद हुदा बिप्लब समुह हालै बिभाजन भएको हो । बास्तोला समूहले ८१ सदस्यीय केन्द्रिय समिति बनाएको छ । तत्कालका लागि ७९ सदस्यीय चयन पनि भैसकेका छन् ।नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेकपाबाट अलग भएर धर्मेन्द्र बास्तोलाले नेकपा (बहुमत) पार्टी गठन गर्नुभएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख २९, २०७९  ०९:३५
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको