Chauthoanga - Nepali News Media
नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोला रिहा
फाईल तस्विर

दाङ : नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ रिहा हुनुभएकोछ । दाङको भालुवाङबाट आज विहान प्रहरीले उहाँलाई पक्राउ गरेको थियो । सोधपुछ पछि उहाँलाई रिहा गरिएको दाङका एसपी सुरेश काफ्लेले जानकारी दिनुभयो ।  चुनाव बिथोल्ने गतिविधि संचालन गर्न खोजेको आरोपमा प्रहरीले उहाँलाई सोधपुछ गरेको थियो ।

यसअघि पार्टीका महाधिवेशन आयोजक समितिका तर्फबाट हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले  आजा विज्ञप्ति जारी गर्दै  तत्काल रिहा गर्न माग गर्नुभएको थियो । नेकपा बहुमतले बुटवल घटनाको जिम्मा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले लिइसकेको सार्वजनिक भएको भन्दै आफ्नो पार्टीले कुनै पनि विस्फोटनजन्य र सशस्त्र बहिष्कार गर्ने नीति नलिएको स्पष्ट गरेको छ ।

सो पार्टीले संसदीय व्यवस्थाको भण्डाफोर गर्दै वैज्ञानिक समाजवादको बाटोमा अघि बढ्ने र स्थानीय निर्वाचन सन्दर्भमा पार्टीले चुनावमा भाग नलिने तथा देशभक्त र जनपक्षीय उम्मेदवारलाई सहयोग गर्न सकिने नीति लिएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख २९, २०७९  १०:३७
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको