Chauthoanga - Nepali News Media
घोराहीमा कृतिम ड्याममा डुबेर एक महिलाको मृत्यु

घाराहीः घोराही उपमहानगरपालिका वडा नं. १७ ढीकपुरमा रहेको ड्याममा डुबेर सोही ठाउँकी ३० वर्षीया बिबा घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

आज बिहान पौने ९ बजे नुहाउन गएको समयमा चिप्लिएर ड्याममा डुबेर मृत्यु भएको डिएसपी मुकुन्द रिजालले जानकारी दिनुभयो । स्थानीय बासीले उहाँलाई डुबेको देखेपछि उद्धार गरेका थिए । तर घर्तीलाई ड्याम बाहिर ल्याउँदासम्म उहाँको मृत्यु भईसकेको प्रहरीले बताएको छ । अहिलेको उहाँको शव पोष्टमाटमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख २९, २०७९  ११:५६
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको