Chauthoanga - Nepali News Media
आईपीएल  क्रिकेटमा आज चेन्नई र मुम्बई खेल्दै

काठमाण्डौः इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज साविक विजेता चेन्नई सुपर किङ्ग्स र मुम्बई इन्डियन्स खेल्दैछन् ।

खेल मुम्बईमा बेलुका पौने आठ बजे सुरु हुनेछ । चेन्नई ११ खेलमा ८ अङ्क जोडेर तालिकाको नवौँ स्थानमा रहेको छ । मुम्बई ११ खेलमा ४ अङ्कका साथ पुछारमा रहेको छ । मुम्बईलाई हराउन सके चेन्नईको प्ले अफ पुग्ने सम्भावना कायमै रहनेछ ।

आईपीएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई ८ विकेटले हराएको थियो । जितसँगै दिल्लीले १२ खेलमा १२ अङ्क जोडेको छ । दिल्ली तालिकाको पाँचौँ स्थानमा छ । समान खेलमा १४ अङ्ककासाथ राजस्थान तेस्रो स्थानमा छ रहेको छ ।

 

प्रकाशित मिति: बिहीबार, वैशाख २९, २०७९  १२:५६
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको