Chauthoanga - Nepali News Media
दाङमा भोली हुने स्थानीय तह निर्वाचनको  तयारी पुरा
साँकेतीक तस्वीर

दाङ : दाङ सहित देशभर भोली हुने स्थानीय तह निर्वाचनको तयारी पुरा भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय दाङका अनुसार जिल्लाका दश वटै स्थानीय तहका १ सय ५३ मतदान स्थलमा मतदान गर्नका लागि आबस्यक तयारी सबै पुरा भएको छ । 

दाङका दशैवटै स्थानियतह हरुमा मतदाताहरुलाई लाईनमा राख्न पोल तथा तारबारको व्यवस्थापन, मतपेटिक राख्ने ठाउँ, उम्मेदवारका प्रतिनिधीहरु बस्ने स्थलको टुंगो लगाउने काम सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएकोछ । 

भोली विहान ७ बजेबाटै सबैपालिकाहरुमा मतदानको प्रकृया शुरु हुने छ । सोहीको तयारी स्वरुप सोमबार र मंगलबार नै कर्मचारी तथा सुरक्षाकर्मीहरु मतदान सामाग्रीहरु लिएर सम्बन्धीत मतदान स्थलमा पुगेर तयारी गरेका छन् । सम्बन्धित पालिकाका मतदान स्थलमा सर्बपक्षिय सर्बदलिय बैठक बसेर समेत आन्तरीक तयारी सबै पुरा गरेका छन् ।

यसैविच मतगणना स्थल समेत तयार गरिएको छ । सबै मतगणना स्थलमा सिसि क्यामेरा सँगै तारजालीको व्यवस्था गरिएको छ ।  यता बंगलाचुली गाउँपालिकामा बैशाख भोली हुने स्थानियतह निर्वाचनको तयारी पुरा भएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार यस गाउँपालिकामा रहेको १८ वटा मतदान बुथहरुमा सबै तयारी पुरा भईसकेकोछ ।

प्रकाशित मिति: बिहीबार, वैशाख २९, २०७९  १६:५४
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको