Chauthoanga - Nepali News Media
सल्यानका ८ पालिकामा मतगणना सुरु

सल्यानः दशवटा स्थानीय तह रहेको सल्यानमा ८ वटा पालिकाको मतगणना सुरु भएको छ । दुई पालिकामा भने मतगणना सुरु भएको छैन ।

प्रमुख जिल्ला अधिकारी विपिन आचार्यका अनुसार जिल्लाको बागचौर नगरपालिका र बनगाड कुपिण्डे नगरपालिकामा मत गणना सुरु भएको छैन ।

मतगणना सुरु नभएका दुई नगरपालिकामा बिहान ८ बजे सर्वदलीय बैठक बस्ने र त्यसपछि मतगणना हुने प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो ।
 

प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९  ०७:१६
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको