Chauthoanga - Nepali News Media
दाङको बंगलाचुली गाउँपालिका वडा नम्वर १ मा संयुक्त गठबन्धनको प्यानल विजयी

दाङ:दाङको बंगलाचुली गाउँपालिका वडा नम्वर १ मा संयुक्त गठबन्धनको प्यानल विजयी भएकोछ ।  संयुक्त गठबन्धनका तर्फ नेपाली काग्रेसबाट वडा नं. १ को वडा अध्यक्ष पदमा विष्णु कवर विजयी हुनुभएको हो । उहाँले ५ सय ५० मत प्राप्त गर्नुभएको छ ।

भने उहाँका प्रतिद्वन्दी पुष्प भण्डारीले ४ सय ९३ मत प्राप्त गर्नुभएकोछ ।उहाँहरुको विचमा ५७ मतान्तर रहेको छ । त्यसैगरी गठबन्धन तर्फका खुल्ला तर्फका महिला सदस्य , दलित महिला सदस्य र दुईजना खुल्ला सदस्यहरु पनि निर्वाचित भएको निर्वाचन अधिकृत हिरण्ड प्रसाद भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बंगलाचुली वडा न. १ मा खसेको १११४ मत मध्य पालिका अध्यक्षमा गठबन्धका उम्मेदवार तुलसिराम पुनलाई ५५३ निकटम प्रतिद्वन्द्वी एमालेका अध्यक्ष पदका उम्मेदवार भेषराज खत्रीलाई ४६२ मत प्राप्त भएकोछ ।

त्यैसैगरी उपाध्यक्षमा गठबन्धका उम्मेदवार भक्त बहादुर जिसिलाई ५८० र  उहाँका निकटम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार सरस्वती घर्ती मगरलाई ४५० प्राप्त भएको छ । वडा नम्बर १ मा १७ मत बदर भएको निर्वाचन अधिकृत भण्डारीले जानकारी दिनु भयो । अहिले बंगलाचुली गाउँपालिका वडा नम्बर २ र ८ को मतगणना जारी रहेको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९  १९:५९
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको