Chauthoanga - Nepali News Media
बंगलाचुली ८ मा माओवादी केन्द्रको प्यानल बिजय

कमिरेचौरः बंगलाचुली गाँउपालिका वडा नं.८ मा माओवादी केन्द्रको तर्फबाट वडाअध्यक्ष पदका उम्मेदवार झबिन्द्र गाहा मगर ५१३ मत ल्यायर विजयी हुनुभएको छ ।

 उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार देबिराम चर्ची ३६१ र  नेपाली कांग्रेस का उम्मेदवार डम्बर खत्रीले ३५२ मत मात्रै ल्याउनुभएको हो । मुख्य निर्वाचन अधिकृत हिरण्ड प्रसाद भण्डारीका अनुसार महिला सदस्य जानका गाहा मगर ५१३, दलित महिला सदस्य तुलसी सुनार ५१६, खुल्ला सदस्य खुम बहादुर गाहा ४९५ र  खुल्ला सदस्य पालसिंह गाहा ५०० मत लियर बिजयी हुनुभएको छ ।

यस्तै गाउँपलिका अध्यक्षमा गठबन्धका उम्मेदवार तुलसिराम पुन (सुवास ) ले ६९१ निकटम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार भेषराज खत्री ४११ र उपाध्यक्षमा गठबन्धका उम्मेदवार भक्त बहादुर जिसिले ७५९ र निकटम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार सरस्वती घर्ती मगर ३२२ प्राप्त गर्नु भयको छ । अहिले बंगलाचुली ३ र ७ नं. वडा को मतगणना जारी रहेको छ ।

 

प्रकाशित मिति: आइतबार, जेठ १, २०७९  ०९:४४
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको