Chauthoanga - Nepali News Media
बंगलाचुली गाउँपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरुलाई प्रामाण पत्र प्रदान

दाङ:दाङको बंगलाचुली गाउँपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरुलाई आज प्रामाण पत्र वितरण गरीएकोछ ।बंगलाचुली गाउँपालिकामा रहेको निर्वाचन अधिकृतको कार्यालयले गाउँपालिका अध्यक्ष , उपाध्यक्ष , ८ वटै वडाका वडा अध्यक्ष तथा सदस्यहरुलाई निर्वाचित प्रमाणपत्र वितरण गरेको हो ।

निर्वाचन अधिकृत हिरण्य प्रसाद भण्डारी र गाउँपालकाका उपाध्यक्ष यमुना थापा घर्तीमगरले नव निर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो । सो अबसरमा बोल्दै बंगलाचुली गाउँपालिका नव निर्वाचित अध्यक्ष तुल्सीराम पुन मगर (शुवास)ले शुसासन,परदर्सितालाई कायम गर्दै बंगलाचुली गाउँपालिको जनतालाई महसुस हुने गरी आफुहरुले काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएकोछ ।

 उहाँले बंगलाचुली गाउँपालिका गठबन्धनको साझा सरकार रहेकोले जनतालाई सोही अनुसार हरेक क्षेत्रमा महसुस हुने गरी आफुहरुले काम गर्ने बताउनुभयो ।उहाँले आफुहरुले काम गर्छु भनेर ठुला ठुला कुरा नगर्ने तर व्यवभारमा लागुहुने काम संम्पन्न गर्ने बताउनुभयो।

यसका लागि सम्पूर्ण जनप्रतिनिधि, कार्यालयका कर्मचारीले पनि साथदिनु पर्ने उहाँको भनाई छ ।आफुहरुले बंगलाचुलीमा राम्रो कामका लागि हरेक संग सहकार्य गर्ने तर गलत कार्यका लागि सकैसंग कुनै पनि सम्झौता नगर्ने बताउनुभयो । यस्तै कार्यक्रममा बोल्दै बंगलाचुली गाउँपालिका नव निर्वाचित उपाध्यक्ष भक्त बहादुर जिसीले समवृद्ध बंगलाचुली निर्माणका लागि आफुहरुले काम गर्ने बताउनुभयो । जनताका आधारभुत आवश्यकताको पहिचान गर्दै जनताकै पक्षमा काम गर्ने बताउनुभयो ।

साथै उहाँले बंगलाचुली गाउँपालिकाको स्थानिय सरकारलाई दलविशेषको सरकार नभई सबैले हाम्रो भन्ने सरकार बनाउने बातउनु भयो । बंगलाचुली गाउँपालिका उपाध्यक्ष यमुना थापा घर्तीमगरको अध्यक्षता तथा निर्वाचन अधिकृत हिरण्य प्रसाद भण्डारीको स्वागत मनतव्य बाट सुरुभएको कार्यक्रमको सहजिकरण बंगलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद पाण्डेयले गर्नुभएको थियो ।

 कार्यक्रममा नव निर्वाचित बंगलाचुली गाउँपालिकाका ८ वटै वडाका अध्यक्ष तथा सदस्यहरुको सहभागिता रहेको थियो । भने बंगलाचुली गाउँपालिकाका सम्पूर्ण कर्मचारीहरुको सह भागितारहेको थियो ।

 

प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९  १७:५२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको