Chauthoanga - Nepali News Media
महिला टी-२० : युगाण्डाविरुद्ध नेपालले टस जितेर ब्याटिङ गर्दै

काठमाडौंः युगान्डा र नेपालबीचको महिला टी-२० अन्तर्राष्ट्रिय श्रृङ्खलाको तेस्रो खेलमा नेपालले टस जितेर ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पाँच खेलको महिला टी-२० अन्तर्राष्ट्रिय  श्रृङ्खलाको बिहीबार हुने तेस्रो खेलमा नेपालले तीन खेलाडी परिवर्तन गरेको छ ।
काजल श्रेष्ठ, कविता जोशी र अप्सरी बेगमको स्थानमा ज्योति पाण्डे र रोमा थापा र संगीता राई टिममा परेका छन् ।

प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९  १३:०३
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको