Chauthoanga - Nepali News Media
युगान्डाले दुई खेलअगावै जित्यो नेपाल विरुद्धको टी–ट्वान्टी सिरिज

काठमाडौं : युगान्डाले दुई खेलअगावै नेपाली राष्ट्रिय महिला क्रिकेट टोली विरुद्धको टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज जितेको छ । आज भएको सिरिजको तेस्रो खेलमा युगान्डाले नेपाललाई ६ विकेटले हराउँदै दुई खेल अगावै सिरिज जित्न सफल भयो । 

त्रिवि क्रिकेट मैदानमा नेपालले जितका लागि दिएको एक सय रनको लक्ष्य पछ्याएको युगान्डाले १८ ओभर २ बलमा ४ विकेट गुमाएर १सय१ रन बनयो । युगान्डाका लागि केभिन विनोले सर्वाधिक ४२ रनको योगदान गर्नुभयो । त्यस्तै जनेत बाबाजीले २७ रन बनाउँदा अन्य कुने ब्याटरले दोहोरो रन जोड्न सक्नुभएन।

बलिङतर्फ नेपालका लागि कविता कुँवरले दुई विकेट लिनुभयो । त्यस्तै रुबिना क्षेत्री र इन्दु बर्माले एक–एक विकेट लिनुभयो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९९ रन बनाएको थियो । 

नेपालका लागि ज्योती पाण्डेले सर्वाधिक ४७ रनको योगदान गरिन् । ५४ बल खेलेकी उनले ५ चौका प्रहार गर्नुभयो । नेपालका लागि कप्तान रुविना श्रेत्रीले १६ रन बनाउँदा सीता रानामगरले १२ रनको योगदान गर्नुभयो।

प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९  १६:३५
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको