Chauthoanga - Nepali News Media
दाङका ९ पालिकाका नवनिर्वाचित प्रमुखले लिए पद तथा गोपनियताको सपथ

दाङः दाङका ९ वटा स्थानीय तहका पालिकाका नवनिर्वाचित प्रमुखहरुले सथप ग्रहण लिनुभएको  छ ।

स्थानीय तह सदस्य निर्वाचन २०७९ मा दाङको ९ स्थानीय तहमा निर्वाचित घोराही उपमहानगरपालिका, लमही नगरपालिका र सात गाउँपालिकाका प्रमुखहरुलाई मुख्य निर्वाचन अधिकृत न्यायाधीश रितेन्द्र थापाले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको हो ।

जिल्लामा निर्वाचित भइसकेका नौं पालिकाका प्रमुखहरु मध्ये घोराही उपमहानगरपालिको प्रमुख नरुलाल चौधरी, लमही नगरपालिकाको प्रमुख जोगराज चौधरी, बंगाचुली गाउँपालिकाका प्रमुख तुलसीराम ‘सुवास’ पुन, बबई गाउँपालिका प्रमुख कुलबहादुर खत्री क्षेत्री, दंगीशरण गाउँपालिका प्रमुख शम्भु गिरी, गढवा गाउँपालिका प्रमुख यमनारायण शर्मा पोख्रेल, राप्ती गाउँपालिका प्रमुख प्रकाश विष्ट, शान्तिनगर गाउँपालिका प्रमुख प्रमोद बस्नेत र राजपुर गाउँपालिका प्रमुख शरदकुमार बुढाथोकीले सथप ग्रहण लिनुभएको हो ।

तुलसीपुर उपमहानगरपालिमा भने मतगणना जारी रहेको छ । त्यस्तै घोराही उपमहानगरपालिकाका नव-निर्वाचित जनप्रतिनिधिलाई प्रमाण पत्र पनि प्रदान गरिएको छ ।

मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले नगर प्रमुख नरूलाल चौधरी र उपप्रमुख हुमा डिसीसहित १९ वडाका वडाध्य र सदस्यहरूलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्हुनुभएको हो ।

त्यस्तै घोराही नगरप्रमुख चौधरीले नवनिर्वाचित घोराही उपप्रमुख हुमा डिसीसहित १९ वडाका वडाध्यक्ष र सदस्यहरूलाई पद तथा गोपनीयताको सपथग्रहण गराउनुभएको हो ।

 

प्रकाशित मिति: शुक्रबार, जेठ ६, २०७९  १५:०८
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको