Chauthoanga - Nepali News Media
ईपीएल आयोजना गर्न क्यानको स्वीकृति नपाएपछि आयोजक संस्था ईपीएल प्रालीद्वारा सर्वोच्चमा रिट

काठमाडौंः नेपाल क्रिकेट संघ (क्यान)ले एभरेष्ट प्रिमियर लिग (ईपीएल)को आगामी संस्करणका लागि स्वीकृति नदिएपछि आयोजक संस्था ईपीएल प्रालीले सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।
ईपीएलले विहीबार वक्तव्य जारी गरी क्यानलाई विपक्षी बनाएर अन्तरिम आदेशको मागसहित सिर्वोच्चमा रट दायर गरिएको जानकारी दिइएको छ ।
क्यान आफैंले फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिग आयोजना गर्ने निर्णय गरेका कारण नेपालमा भइरहेका अन्य फ्रेन्चाइज क्रिकेटलाई राष्ट्रिय प्रतियोगिताका रुपमा स्वीकृति नदिने निर्णय गरेको थियो । ईपीएलले आफ्ना टिममालिकसमेत जम्मा गरी सोमबार आफूहरुले स्वीकृति नपाए क्यानको सबै कार्यक्रम वहिस्कार गर्ने चेतावनी दिएको थियो ।
त्यसपछि क्यानले ईपीएलको धम्कीपूर्ण चेतावनीप्रति खेद प्रकट गरेको थियो । साथै क्यानले बुधबार बोर्ड बैडकको निर्णय सार्वजनिक गर्दै अब नेपालमा एक मात्र आधिकारिक लिग हुने र अन्य लिगलाई राष्ट्रिय लिगको मान्यता नदिने र क्षेत्रिय लिग गर्ने व्यवस्था गराउने  जानकारी दिएको थियो ।

साथै इपीएलले नेपाल टी(२० लिग सञ्चालन गर्दा क्यानले भारतको निजी कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई समावेश गरेको र नेपालका प्रचलित कानूनलाई बेवास्ता गरी निजी सम्झौता गरी विदेशी कम्पनीको सेवा लिनुले समग्र निर्णय प्रक्रिया र क्यानको नियतमाथि धेरै प्रश्न खडा गर्ने तथा यो अपारदर्शी, स्वेच्छाचारी काम भएको दावी गरेको छ ।

क्यानको यी निर्णयविरुद्ध ईपीएल र सबै ६ वटा फ्रेन्चाइज टिमहरुले सर्वसम्मत कानूनी मार्ग खोज्ने निर्णय गरिएको उक्त बक्तव्यमा उल्लेख रहेको छ । 

प्रकाशित मिति: बिहीबार, जेठ १२, २०७९  १४:४६
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको