Chauthoanga - Nepali News Media
आईपीएलको फाइनल खेलमा उपाधिका लागि आज गुजरात र राजस्थान खेल्दै

काठमाण्डौः  इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको फाइनल खेल आज हुँदैछ ।

उपाधिका लागि गुजरात टाइटन्स र राजस्थान रोयल्स खेल्दैछन् ।

खेल अहमदाबादमा राति सवा आठ बजे सुरु हुनेछ । गुजरात आईपीएल क्रिकेटको नवप्रवेशी टोली हो । राजस्थानले आईपीएलमा पहिलो संस्करणको उपाधि जितेको थियो ।

पहिलो क्वालिफायरमा गुजरातले राजस्थानलाई हराएर फाइनल पुगेको थियो भने दोस्रो क्वालिफायरमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोरलाई हराउँदै राजस्थान फाइनलमा पुगेको हो ।

 

 

प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९  ०८:३४
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको