Chauthoanga - Nepali News Media
प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा विवादमा आजदेखि अन्तिम सुनुवाइ हुँदै

काठमाण्डाै : प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा विवादमा आजदेखि अन्तिम सुनुवाइ शुरु हुँदैछ । सर्वोच्च अदालतमा आज (मंगलवार)देखि आईजीपी बढुवा विवादको अन्तिम सुनुवाइ हुन लागेको हो ।

गएकाे वैशाख २२ गते न्यायाधीश सुस्मालता माथेमाको एकल इजलासले लिखित जवाफ माग गर्दै अन्तरिक आदेश जारी गर्न अस्वीकार गरेको थियो । त्यही इजलासमा नै अन्तरिम सुनुवाइ जेठ १७ गते मंंगलवारलाई तोकिएको थियो । सरकारले पहिलो वरियतामा रहेका एआईजी विश्वराज पोखरेललाई प्रहरी प्रमुख नबनाई तेस्रो वरियतामा रहेका धिरजप्रताप सिंहलाई आईजीपी बनाएपछि विवाद चुलिएको थियो ।

एआईजी पोखरेलले आफूभन्दा कनिष्ठलाई सरकारले प्रहरी ऐन र नियमावली विपरीत आईजीपी बनाएको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता गर्नुभएको थियो ।

प्रकाशित मिति: मंगलबार, जेठ १७, २०७९  ०९:५७
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको