Chauthoanga - Nepali News Media
लागु औषध ब्राउनसुगरसहित २ जना पक्राउ

घोराहीः लागुऔषध (ब्राउन सुगर)सहित दुई जनालाई दाङ प्रहरीले पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका-१७ चौघेरास्थित सुवास जिसीको घरबाट ६ ग्राम अवैध लागुऔषध (ब्राउनसुगर)सहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख सुरेश काफ्लेले जानकारी दिनुभयो ।

जिसीको घरबाट अवैध रुपमा ब्राउन सुगरको ओसारप्रसार तथा विक्री वितरण गरी रहेका छन् भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले घोराही-१४ निवासी २४ वर्षिय पुजन राज कँवर र घोराही-१५ निवासी २२ वर्षिय विष्णु बुढा मगरलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरु दुवै जनालाई पक्राउ गरी थप अनुसन्धान कार्य जारी रहेको प्रहरीको भनाइ छ ।

एसपि काफ्लेका अनुसार लागुऔषध नियन्त्रण ऐन २०३३ को परिच्छेद-३ को दफा १४ को खण्ड (छ) को २ मा भएको व्यवस्था बमोजिम २५ ग्रामदेखि १०० ग्रामसम्मको परिमाण भए १० वर्षदेखि १५ वर्षसम्म कैद र ७५ हजारदेखि दुई लाख सम्म जरिवाना हुने कानूनी व्यवस्था छ ।

प्रकाशित मिति: मंगलबार, जेठ १७, २०७९  १४:१६
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको