Chauthoanga - Nepali News Media
दाङ सहित देशभर मौसम बदलि
फाईल तस्विर

काठमाण्डाै : दाङ सहित  देशका पहाडी क्षेत्रमा मौसम बदली भएको छ । भने केहि स्थानमा वर्षा समेत भएको छ । 

अहिले प्रदेश-१ र गण्डकीका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रमा घाम लागेको छ ।

अहिले घाम लागे पनि मौसम फेरि बदली भइ केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । दिउँसो प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशमा मौसम आंशिकदेखि सामान्य बदली रहने अनुमान छ ।

कतैकतै हावाहुरीसहित हल्का वर्षाको पनि सम्भावना छ । नेपालमा अहिले स्थानीय वायु, भारतको  उत्तर प्रदेश, बिहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ । 

प्रकाशित मिति: बुधबार, जेठ १८, २०७९  ०८:५७
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको