Chauthoanga - Nepali News Media
सरकारले पेट्राेल, डिजल र मट्टीतेलकाे मूल्य प्रतिलिटर १० रुपैयाँले घटायाे

काठमाण्डाै: नेपाल आयल निगमले पेट्राेल, डिजल र मट्टीतेलमा प्रतिलिटर १०/१० रुपैयाँ घटाएकाे छ । आज बिहीवार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्राेल, डिजल र मट्टीतेलकाे मूल्य घटाएकाे हाे । 

मूल्य घटेसँगै अब पेट्रोल लिटरकाे एक सय ७० र डिजल/मट्टीतेल लिटरकाे एक सय ५३ रुपैयाँमा झरेको छ ।

निगम सञ्चालक समितिकाे बैठकले पेट्राेलियम पदार्थकाे मूल्य घटाउने निर्णय गरेकाे हाे । यसअघि अर्थ मन्त्रालयले उद्याेग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाएर पूर्वाधार कर घटाएर मूल्य समायाेजन गर्न भनेकाे थियाे । 

प्रकाशित मिति: बिहीबार, जेठ १९, २०७९  २०:५८
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको