Chauthoanga - Nepali News Media
स्वर्गीय शिक्षक पुनको सम्झनामा ३ लाखकाे अक्ष कोषको स्थापना

कमिरेचौरः   दुर्घटनामा परि मृत्यु भएका आधारभुत विद्यालय मर्पेश दाङका शिक्षक भागकुमार पुनको सम्झनामा अक्षकोष स्थापना गरिएको छ । पुनको सम्झनामा उहाँको परिवारकाे तर्फबाट ३ लाख रुपैयाँको अक्षकोष स्थापना गरिएको छ । उक्त अक्षकोष रकमको बार्षिक व्याजबाट आउने रकम उक्त विद्यालयको कक्षा १ देखि ८ सम्म अध्ययन गरि बार्षिक परिक्षामा प्रथम हुने छात्रा छात्रहरुलाई पुरस्कार स्वरुप दामासाही हिसाबले परिवारको उपस्थितिमा विद्यालयको बार्षिक कार्यक्रममा वितरण गरिने भएको छ । साथै विद्यालयको स्तर उन्नति भएमा उक्त रकम सोहिअनुसार वितरण गरिने निर्णय भएको हो । कार्यक्रम आधारभुत विद्यालय मर्पेशका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनस्याम घर्तिको अध्यक्षता एवम बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जि सि को प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रममा समाजसेवी तथा विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष पुर्ण बहादुर मल्ल, बंगलाचुली गाउँ पालिका वडा न.२ का अध्यक्ष मैते पुन , शिक्षक अभिभावक संघका अध्यक्ष रेशम बहादुर थापा, बिद्यालय ब्यवस्थापन समितिका पुर्ब अध्यक्ष अमृत बहादुर मल्ल र बंगलाचुली गाउँ पालिका वडा न-२ का वडा सदस्य भुपेन्द्र मल्ल लगायतले शोक मन्तव्य राख्नुभएको थियो । त्यस्तै परिवारको तर्फबाट राम कुमार घर्तीले मन्तव्य राख्नुभयको थियो । आधारभुत बिधालय बंगलाचुली-२मर्पेस दाङ प्रधानाध्यापक तेज बहादुर मल्लको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण बिधालय ब्यवस्थापन समितिका सदस्य बलदेव मल्लले गर्नुभएको थियो ।

 

 

 

प्रकाशित मिति: सोमबार, जेठ २३, २०७९  १७:१५
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको