Chauthoanga - Nepali News Media
दाङमा श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ


दाङः दाङमा श्रीमानको हत्या गरेको आरोपमा श्रीमती पक्राउ पर्नुभएको छ । 

३० वर्षीय पति पंकज गुप्ताको हत्या गरेको आरोपमा घोराही उपमहानगरपालिका–१४ डेरा गरी बस्ने भारत घर भएकी ३५ वर्षीया गायत्री नेपालीलाई प्रहरीले पक्राउ गरेको हो ।

गायत्रीले सिलौटाको लोरा प्रहार गर्दा पंकजको मृत्यु खुलेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उहाँलाई पक्राउ गरेको हो ।
 

प्रकाशित मिति: सोमबार, जेठ २३, २०७९  १८:३२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको