Chauthoanga - Nepali News Media
वैशाख ३० को निर्वाचन घोषणा विरुद्धको रिट सर्वोच्चद्वारा दरपीठ
supreme-court-of-nepal15422146101628502127.jpg

काठमाडौं । आमामी वर्षको वैशाख ३० गते स्थानीय निर्वाचन गर्दा आफ्नो पाँच वर्षे कार्यकाल पूरा नहुने भन्दै एक मेयरले दायर गरेको रिट सर्वोच्च अदालतले दरपीठ गरिदिएको छ ।

 

निर्वाचन मिति बदर गराउन माग गर्दै महोत्तरीको भंगहा नगरपालिकाका नगर प्रमुख सञ्जीवकुमार साहले दायर गरेको रिटआज सर्वोच्चले दरपीठ गरिदिएको हो ।

’निर्वाचन गर्नेगरी भएको निर्णयले निवेदकको नगर प्रमुखको पाँच वर्षको कार्यकाल घटाउने प्रबल सम्भावना रहेको भनी निवेदन लिई आएकोमा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम १८ समेतका रिट आधारमा दर्ता गर्न मिलेन,’ रजिष्ट्रार नारायणप्रसाद पन्थीले निवेदन दरपीठ हुनुको कारण खुलाउँदै लेखेका छन्, ’स्थानीय तह निर्वाचन ऐन, २०७३ दफा ४(४) मा उपदफा २ बमोजिम अलग अलग मितिमा सम्पन्न भएको निर्वाचन उपदफा (१) बमोजिम तोकिएको मितिमा सम्पन्न भएको मानिने छ भन्ने प्रावधान रहेको छ ।’

 

प्रकाशित मिति: बुधबार, माघ २६, २०७८  १९:०९
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको