Chauthoanga - Nepali News Media
बंगलाचुली गाउँपालिकाका अनुदान शिक्षकहरुद्वारा सेवासुविधा वृद्धीको माग गर्दै गाउँपालिकामा निवेदन

कमिरेचौर : बंगलाचुली गाउँपालिकाका अनुदान शिक्षकहरुले सेवासुविधा वृद्धीको माग राखेका छन् । हाल  आफुहरुले पालिकाबाट पाउँदै आएको सेवा सुविधाले वर्तमान समय सापेक्ष अनुसार आधारभुत आवश्यकता समेत परिपुर्ति गर्न कठिन भएको भन्दै सेवा सुविधा वृद्धिको माग राखेर बंगलाचुली गाउँपालिका समक्ष निवेदन बुझाएका हुन् ।

अनुदान शिक्षक कर्मचारी संगठन बंगलाचुलीका अध्यक्ष मिन बहादुर राना नेतृत्वमा बंगलाचुली गाउँपालिका अध्यक्ष समक्ष निवेदन पेस गरिएको हो ।अनुदान शिक्षक कर्मचारी संगठनको जेठ १५ गते घोराहीको काठे कोहलमा वसेको बैठकको निर्यण अनुसार सेवा सुविदा वृद्धिको लागि निवेदन बुझाईएको हो । संगठनले दरवन्दी शिक्षक सरह विद्यालय पोशाक भत्ता समेत उपलब्ध गराउन माग गरेको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ २४, २०७९  १७:३९
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको