Chauthoanga - Nepali News Media
जिल्ला समन्वय समिति दाङको निर्वाचनका लागि आज मनोनयन दर्ता

दाङः दाङमा जिल्ला समन्वय समिति (जिसस)को निर्वाचनका लागि आज मनोनयन दर्ता हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जेठ २९ गते बिहान १० देखि ३ बजेसम्म निर्वाचन हुनेछ ।

दाङमा २ उपमहानगरपालिका, १ नगरपालिका र ७ गाउँपालिका गरी १० वटा स्थानीय तह छन् । तीमध्ये समन्वय समितिमा नेपाली कांग्रेसको एकल बहुमत छ । कांग्रेसले एक नगरपालिका गरी चार गाउँपालिकामा प्रमुख र उपप्रमुख जितेको छ भने दुई गाउँपालिकामा उपाध्यक्ष जितेको छ।

गाउँपालिका र नगरपालिकामा निर्वाचित प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यहरु समेत जिल्ला समन्वय समिति प्रमुखमा उमेदवार हुन पाउँछन् । जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख चुनिनका लागि मतदान भने गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मात्रै गर्न पाउँछन् ।

जिल्ला समन्वय समिति गठन भएपछि जिल्ला सभा गठन हुनेछ । जिल्ला सभाको प्रमुख र उपप्रमुखमा जिल्ला समन्वय समितिकै प्रमुख र उपप्रमुख हुनेछन् भने गाउँपालिका र नगरका प्रमुख उपप्रमुखहरु पदेन सदस्य हुनेछन् ।

प्रकाशित मिति: बुधबार, जेठ २५, २०७९  ०८:४३
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको