Chauthoanga - Nepali News Media
प्रतिनिधिसभामा आज चार मन्त्रालयका बजेट शीर्षकमाथि छलफल हुदै

काठमाण्डौः  बिहान ११ बजे बस्ने बैठकमा विभिन्न चार वटा मन्त्रालयका बजेट शीर्षकमाथि छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। आज कृषि तथा पशुपन्छी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, संघीय मामिला तथा सामान्य प्रशासन र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत विनियोजन विधेयकका शीर्षकमाथि छलफल हुने छ। 

प्रतिनिधि सभामा केहीदिनदेखि बजेटमाथिको मन्त्रालयगत छलफल जारी छ। हिजो श्रम, रोजगार तथा सामाजिक सुरक्षा, वन तथा वातावरण, सँस्कृति पर्यटन तथा नागरिक उड्डयन र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत विनियोजन विधेयकका शीर्षकमाथि छलफल भएको थियो। त्यस्तै कानुन न्याय तथा संसदीय मामिला, युवा तथा खेलकुद, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका विनियोजन शीर्षकमा पनि छलफल भइसकेको छ।  

मन्त्रालयगत छलफल सकिएपछि सम्बन्धित मन्त्रीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनेछन्। त्यसपछि बजेट पारितको प्रक्रिया अघि बढ्नेछ। 

यस्तै राष्ट्रिय सभा बैठक पनि आज बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकमा राष्ट्रिय समावेशी आयोग, राष्ट्रिय सूचना आयोग, आदिवसाी जनजाति आयोग र महान्यायाधिवक्त कार्यालयको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।  

प्रकाशित मिति: बुधबार, जेठ २५, २०७९  ०९:०४
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको