Chauthoanga - Nepali News Media
जाजरकोटमा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गयो

जाजरकोट: जाजरकोटकोमा दुर्घटनामा परि ३ जनाको ज्यान गएको छ ।  जुनीचाँदे गाउँपालिका–५ मा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको  हो । दुर्घटनामा परि चार जना गम्भीर घाइते भएका छन् भने चार जनाको अवस्था सामान्य रहेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले  जानकारी दिनुभयो ।  

सुर्खेतबाट जाजरकोटका लागि छुटेको  क ०२–००१ च ०३४१ नम्बरको जीप दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकाहरुको उद्धारका लागि हेलिकप्टर पठाइएको पनि उहाँले बताउनुभयो ।

गृहमन्त्री बालकृष्ण खाणले हेलिकप्टरमार्फत घाइतेको उद्धार गर्न निर्देशन दिनु भएको थियो । 

प्रकाशित मिति: शुक्रबार, जेठ २७, २०७९  १०:५४
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको