Chauthoanga - Nepali News Media
लामाे दुरीकाे सार्वजनिक गाडीकाे भाडा बढ्याे (सूचीसहित)

काठमाण्डाै : लामो दुरीको सार्वजनिक गाडीको भाडा बढेको छ । इन्धनको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा बढाएको हो । 

गए रातिदेखी पेट्रोल लिटरकाे आठ, डिजल र मट्टीतेल लिटरको १२ रुपैयाँ बढेपछि स्वचालित मूल्य प्रणालीअनुसार गाडी भाडा दुई दशमलव पाँच प्रतिशत बढाएको विभागले जनाएको छ । यसअघि इन्धनको भाउ घटेपछि जेठ २० गते दुई दशमलव ६ प्रतिशत घटेको थियो ।

विभागले पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीको भाडा ३ दशमलव ३ प्रतिशत र तराईमा चल्ने मालवाहक गाडीको भाडा ३ दशमलव ७ प्रतिशत बढाएको छ । 

 

प्रकाशित मिति: शुक्रबार, जेठ २७, २०७९  १४:३२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको