Chauthoanga - Nepali News Media
नेपाली राजनितिमा नयाँ टुईस्टको संकेत : केपी ओली र नारायणकाजीबीच अढाई घण्टा वार्ता

काठमाडौँ: स्थानीय तहको निर्वाचन परिणाम सार्वजनिक भएसँगै नेकपा एमाले र माओवादी केन्द्र नजिकिन प्रयास थालेका छन्।  जेठको दोस्रो साता एमालेका पोलितटव्युरो गोकुल बास्कोटाले माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसँग भेट गरेदेखि सुरु भएको संवाद आइतबार भने एमाले अध्यक्ष केपी शर्मा ओलीकै तहमा पुगेको छ।

आइतबार एमाले अध्यक्ष ओली र माओवादीका वरिष्ठ नेता श्रेष्ठबीच डेढघण्टा छलफल भएको छ। ओलीलाई भेट्न आइतबार श्रेष्ठ बालकोट गएका थिए।उहाँ माओवादी अध्यक्ष प्रचण्डको अनुमति लिएर ओली भेट्न बालकोट पुगेको बताईएको छ । कांग्रेससहितको गठबन्धन भत्काउन प्रयास गरिरहेको एमालेले पछिल्लो दिन आफ्ना नेताहरुलाई माओवादीको दोस्रो तहका नेताहरुसँग छलफल गर्न पठाएको छ।

शनिबार एमाले सचिव प्रदीप ज्ञवालीले माओवादी केन्द्रका नेता वर्षमान पुनसँग दुईघण्टा छलफल गर्नुभएको थियो। यस भेटलाई ज्ञवालीले औपचारिक हाइ हेल्लो भनेर प्रतिक्रिया दिनुभएको थियो । भने अनन्तले भने भेट भएको कुरा अस्वीकार गर्नुभयो।

स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट उचित सहयोग नपाएरै केही तह गुमाउनु परेको माओवादीको गुनासो छ। उता पाँच दलीय गठबन्धनकै कारण एमालेले २०७४ मा भन्दा ८९ स्थानीय तह गुमाएको छ। संघीय निर्वाचनमा कमजोर हुने विश्लेषण गरेर एमालेले खुमलटारसँग कनेक्सन जोड्न खोजेको छ।

प्रकाशित मिति: सोमबार, जेठ ३०, २०७९  १३:०१
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको