काठमाडौँ - पछिल्लो ६ वर्षमा बेचबिखनमा परेका एक हजार ८ सय ३४ जनालाई उद्धार गरिएको छ । भारत तथा मध्यपूर्वी एसियाका मुलुकहरूबाट पीडितलाई उद्धार गरिएको मानव बेचबिखन अनुसन्धान ब्यूरोका एसपी गौतम मिश्र जानकारी दिनुभयो ।
उहाँका अनुसार उद्धार गरिएकामध्ये महिला धेरै रहेका छन् । आर्थिक वर्ष २०७५/०७६ देखि अहिलेसम्म आन्तरिक र बाह्य बेचबिखनमा परेका ९ य ७८ जना महिलालाई प्रहरीले उद्धार गरेको छ । सो अवधिमा ४ सय ८३ जना पुरुष, २९ जना बालक र ३ सय ४४ जना बालिकाको उद्धार गरिएको छ ।
आर्थिक वर्ष २०७५/०७६ पछि मानब बेचबिखनमा संलग्न एक हजार २८७ जनालाई पक्राउ गरिएको छ । सो अवधिमा २ हजार १ सय ८६ जना आरोपितविरुद्ध मुद्दा दर्ता भएको छ । बेचबिखनमा संलग्न ८ सय ९९ जना अपराधी प्रहरीको फरार सूचीमा छन् ।
अहिले मानव बेचबिखन तथा ओसारपसारका घटनामा नयाँ प्रवृत्ति देखिँदै गएको प्रहरीले बताएको छ । नेपालबाट चीन, भारत, गल्फ मुलुक, युरोप र अमेरिकामा मानिस बेचिने प्रहरीको भनाइ छ । नेपालभित्रै पनि आन्तरिक बेचबिखनका घटना भइरहेको प्रहरी बताउँछ ।रातोपाटीबाट