Chauthoanga - Nepali News Media
तेस्रो टी–२० मा भारतले दक्षिण अफ्रिकालाई ४८ रनले हरायो

काठमाण्डाैः भारतले तेस्रो टी–२० मा दक्षिण अफ्रिकालाई ४८ रनले हराएको छ । जितसँगै पाँच खेलको श्रृङ्खलामा भारत २–१ ले पछि रहेको छ ।

जितको लागि १ सय ८० रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १९ ओभर १ बलमा १ सय ३१ रनमा अल आउट भयो ।

दक्षिण अफ्रिकाका हेनरिक क्लासेनले सर्वाधिक २९ रन बनाए । भारतका हर्षल पटेलले ४ विकेट लिए । त्यस्तै युजभेन्द्र चहलले ३ तथा भुवनेश्वर कुमार र अक्षर पटेलले एक/एक विकेट लिए । त्यसअघि विशख्खापट्टममा टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७९ रन बनाएको थियो । भारतका ओपनर ऋतुराज गाकवाडले सर्वाधिक ५७ रनको अर्धशतकीय पारी खेले ।

अर्का ओपनर ईशान किशनले पनि ५४ रनको अर्धशतकीय पारी खेले । दक्षिण अफ्रिका ड्वेन प्रिटोरियसले २ विकेट लिए । केशव महाराज, कागिसो रबाडा र तबरेज शाम्सीले एक/एक विकेट लिए । दक्षिण अफ्रिका पहिलो खेलमा ७ विकेट र दोस्रो खेलमा ४ विकेटले विजयी भएको थियो । चौथो टी–२० शुक्रवार र पाँचौँ तथा अन्तिम खेल आइतवार हुनेछ ।
 

प्रकाशित मिति: बुधबार, असार १, २०७९  ०७:५२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको