Chauthoanga - Nepali News Media
बंगलाचुली गाउँपालिकामा भैलो महोत्सव हुने

कमिरेचौर - दाङको बंगलाचुली गाउँपालिकाले स्थानिय सोरठी भैलो महोत्सव गर्ने भएको छ । बंगलाचुली गाउँपालिकाको विभिन्न पर्यटकीय क्षेत्रको विकास, प्रवर्द्धन एवं प्रचार प्रसार तथा स्थानिय कला संस्कृतिको संरक्षणको लागि भैलो महोत्सवको आयोजना गरेको हो ।

कार्तिक २७ गते हरिबोधनी एकादशीको दिन भैलो महोत्सव गरिने बंगलाचुली गाउँपालिकाका प्रवक्ता शोभाराज विश्वकर्माले जानकारी दिनुभयो ।  भैलो महोत्सव बंगलाचुली गाउँपलिका वडा नम्वर ५ को पर्यटकिय स्थल बंगलाचुली लेकमा नै गरिने उहाँले जानकारी दिनुभयो । 

403632256_7037733236265588_8710607598239847782_n-1730368566.jpg
 

बंगलाचुली गाउँपालिका गाउँ कार्यपालिकाको बैठकले भैलो महोत्सव बंगलाचुली लेकमा गर्ने निर्णय गरेको प्रवक्ता विश्वकर्माले बताउनुभयो । बंगलाचुली गाउँपालिकाको अनेत्र स्थानमा भैलो महोत्सवका लागि उपयुक्त स्थान नभएको र हरिबोधनी एकादशिमा बंगलाचुली लेकमामात्र मेला लाग्ने भएको हुँदा सोही स्थानमै भैलो महोत्सवका लागि स्थान टनौट गरिएको प्रवक्ता विश्वकर्माले जानकारी दिनुभयो ।  बैठकले महोत्वस व्यवस्थापनका लागि वडा नम्वर ५ का अध्यक्ष लिला बहादुर घर्तीलाई संयोजक समेत तोकेको छ ।  

405210697_7037733526265559_6214785177910039247_n-1730368595.jpg
 

महोत्सवमा गाउँपालिकाको प्रत्येक वडाबाट देउसी भैलो समूहलाई बंगलाचुली लेकमा सहभागी गराई देउसी भैलो कार्यक्रम गरिने छ । भैलो कार्यक्रममा सहभागी सबै भैलोलाई प्रोत्साहान रकम तथा उत्कृष्ट भैलोलाई थप पुरस्कारको व्यवस्था गरिने गाउँपालिकाले जानकारी दिएको छ । बंगलाचुली गाउँपालिकाले गत वर्षदेखि स्थानिय कलासंस्कृतिको संरक्षण,संवर्धनका लागि भैलो महोत्सवको आयोजना गर्न सुरु गरेको छ ।   

प्रकाशित मिति: बिहीबार, कात्तिक १५, २०८१  १५:४२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको