Chauthoanga - Nepali News Media
प्रेस सेन्टर दाङको अधिवेशन पुष १८ मा 

दाङ- प्रेस सेन्टर नेपाल दाङ शाखाको अधिवेशन पुष १८ गते हुने भएको छ । प्रेस सेन्टर नेपाल दाङ शाखाको  घोराहीमा बसेको बैठकले संगठनको पाँचौ अधिवेशन  गर्ने निर्णय गरेको हो । अधिवेनको लागि आबश्यक पर्ने सम्पूर्ण तयारी  गर्ने निर्णय गरेको  संगठनका सचिव जनक नेपालीले जानकारी दिनुभयो ।सदस्यता नविकरण तथा नयाँ सदस्य बितरणको काम पनि संगसंगै अगाडी बढाउँने निर्णय गरेको नेपालीको भनाई छ ।

यस्तै अधिवेशन सम्पन्न गर्न बिभिन्न समिति पनि  गठन गरेका होे । जिल्ला ईन्चार्ज लक्ष्मी आचार्य  संयोजक रहेको निर्वाचन कमिटी गठन गरिएको छ । जसको सदस्यमा गोबिन्द खड्का,अनिता पोख्रेल रहनु भएको छ । यस्तै प्रतिबेदन लेखन समितिमा भुपेन्द्र ओली जनक नेपाली र दिपक बोहरा रहनु भएको छ । आर्थिक समितिमा जनक नेपाली,जीवन नेपाली,गिरीराज नेपाली,टेकराज भण्डारी दीपक बोहरा रहनु भएको छ ।

यस्तै व्यवस्थापन समितिमा प्रकाश चौधरी,शिवु खनाल,दिवाकर पोख्रेल,समुन केसी, शान्तराज बुढा, दिपक ओली रहनु भएको छ । संगठनको अधिवेशन भब्य रुपमा सम्पन्न गर्ने तयारी पनि थालेको छ । बैठकलाई नेकपा माओबादी केन्द्रका जिल्ला सह ईन्चार्ज रामबहादुर दहित अञ्जान,केन्द्रीय सदस्य हेमराज शर्मा डायमण्ड, संगठनका केन्द्रीय उपाध्यक्ष अजयदीप शर्मा घोराही नगरका पार्टी ईञ्चार्ज तुलसी डाँगी मिलन,संगठनका ईञ्चार्ज लक्ष्मी आचार्य संगठनका नीति परामर्श समितिका केन्द्रीय सदस्य उदय जि.एम दाङ जिल्लाका संस्थापक पुरण शर्मा,प्रदेशका उपाध्यक्ष प्रकाश चौधरी,महासचिव भुपन्द्र ओली लगाएतले आ आफ्नो धारणा राख्नु भएको थियो ।

संगठनको ०६१ माघ १५ गते रुकुमको लावाङमा २१ सदस्यीय अखिल नेपाल क्रान्तिकारी पत्रकार संघ स्थापना भएको थियो।दाङभने क्रान्तिकारी पत्रकार संघको स्थापना २०६४ असार ४ गते भएको हो । संगठनका अध्यक्ष अनिता पाख्रेलको अध्यक्षतामा भएको बैठकको सञ्चालन सचिव जनक नेपालीले गर्नु भएको थियो ।।

प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१  २०:५९
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको